site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साउथ एशियन युनिभर्सिटी नयाँ दिल्लीको २०२५-२६ को शैक्षिक सत्रको लागि भर्ना प्रक्रिया सुरु 

काठमाडौं । 'ज्ञान को कुनै सीमा हुँदैन' भन्ने दृष्टिकोणसहित स्थापित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) ले २०२५-२६ को शैक्षिक सत्रको लागि भर्ना प्रक्रिया सुरु गरेको घोषणा गरेको छ । 

विश्वविद्यालयका अध्यक्ष तथा कम्प्युटर तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रख्यात अग्रणी प्रोफेसर केके अग्रवालले भर्ना प्रक्रिया सुरु गरेको घोषणा गर्दै विश्वविद्यालयले दक्षिण एशियाली क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदान गर्ने र शैक्षिक अवसरहरू विस्तार गर्ने प्रतिबद्धता पनि जनाए ।

दक्षिण एशियाली विश्वविद्यालय सार्कका आठ सदस्य राष्ट्रहरूद्वारा स्थापित गरिएको हो । यो विश्वविद्यालय लामो समयदेखि स्नातकोत्तर र अनुसन्धान कार्यक्रमहरूका लागि परिचित छ । यो विश्वविद्यालय १०० एकड क्षेत्रफलमा फैलिएको छ । 

हरियाली रुखबिरुवाहरूले घेरिएको र दिल्लीको गुडगाँउ(गुरुग्राम) को आईटी हबको नजिकै स्थानान्तरण भएपश्चात विश्वविद्यालय शैक्षिक कार्यक्रम विस्तारको एक महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाइएको छ ।

अकबर भवनमा अस्थायी रूपमा २०२२ सम्म संचालनमा रहेको यो विश्वविद्यालय नयाँ क्याम्पसमा स्थानान्तरण भएपछि शैक्षिक र भौतिक पूर्वाधार विकासको महत्त्वाकांक्षी यात्रा सुरु गरेको हो । 

शैक्षिक वर्ष २०२४-२५ मा यसले कम्प्युटर विज्ञान र इन्जिनियरिङमा बी.टेक कोर्स सुरु गरेर ठूलो कदम चालेको जनाएको छ । 

यो गतिलाई अगाडि बढाउँदै, यो विश्वविद्यालयले शैक्षिक सत्र २०२५-२६ का लागि धेरै नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्दै विश्वविद्यालयको शैक्षिक क्षेत्रलाई अझ विस्तार गर्दै उच्च शिक्षाको क्षेत्रमा एक प्रमुख संस्थाको रूपमा खडा भएको छ। यो वर्ष, विश्वविद्यालयले विभिन्न विषयहरूमा क्याम्पस-केन्द्रीत कार्यक्रमहरूका लागि लगभग एक हजार ३७० सिटहरू खुल्ला गरेको छ ।

यो शैक्षिक विस्तारको प्रमुख विशेषता उद्योग क्षेत्रको मागलाई सम्बोधन गर्न तयार पारिएको विशिश्टिकृत बी.टेक. कार्यक्रमको सुरुवात प्रमुख भएको जनाइएको छ ।

कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ (सीएसई) मा बी.टेक. कोर्स अहिले एआई तथा मेसिन लर्निङ, बिजनेस सिस्टम्स तथा इन्टेलिजेन्स, साइबरसुरक्षा, र डाटा साइन्स तथा एआई जस्ता माग बढी भएका विधाहरुमा केन्द्रित छ । 

साथै, विश्वविद्यालयले म्याथमेटिक्स र कम्युटिङमा पनि बी.टेक कार्यक्रम सुरु गरेको छ । यो उदाउँदै गरेको प्रविधिका क्षेत्रहरुका लागि आवश्यक उन्नत कम्प्युटेसनल तथा विश्लेषणात्मक सिपहरू सिकाउने उद्देश्यले तयार पारिएको हो ।

बहु-विषयगत शिक्षा खोज्ने विद्यार्थीहरूका लागि विश्वविद्यालयले इन्टिग्रेटेड कार्यक्रमहरू पनि सुरु गरेको छ । यसले स्नातकदेखि स्नातकोत्तर बीच अन्तरसम्बन्ध कायम गर्दछ। यसअन्तर्गत इन्टरडिसिप्लिनरी साइन्सेजमा इन्टिग्रेटेड बिएस-एमएस र इन्टिग्रेटेड बिबिए-एमबिए कार्यक्रमहरू समावेश छन्, जसले विद्यार्थीहरूलाई फराकिलो र समग्र शैक्षिक अनुभव प्रदान गर्दछ ।

उच्च शिक्षाको विश्वव्यापी बिशेषता अनुरूप, विश्वविद्यालयले चार वर्षे स्नातक डिग्री पूरा गरेका विद्यार्थीहरूका लागि एक वर्षे मास्टर्स कार्यक्रमहरू पनि सुरु गरेको छ । 

यी कार्यक्रमहरूले स्नातकोत्तर शिक्षाको लागि द्रुत तर गहन मार्ग प्रदान गर्दछ । यसले विद्यार्थीहरूलाई छोटो समयमै उन्नत योग्यताका साथ जब मार्केटमा प्रवेश गर्न सक्षम बनाउँछ । साथै, विश्वविद्यालयले कार्यरत पेशेवरहरूका लागि एक्जिक्युटिभ एमबिए, एमसीए र एमएस क्लाइमेट चेन्ज एण्ड सस्टेनेबिलिटी जस्ता स्नातकोत्तर कार्यक्रमहरू थपेर आफ्नो पाठ्यक्रम विस्तार पनि गरेको छ। विश्वविद्यालयले एमटेक, एमएससी (कम्प्युटर विज्ञान), एमएससी बायोटेक्नोलोजी, एमए समाजशास्त्र, एमए अन्तर्राष्ट्रिय सम्बन्ध, एमए अर्थशास्त्र, र एलएलएम जस्ता कार्यक्रमहरू पनि प्रदान गर्दै अनेकौं विषयहरूमा विद्यार्थीहरूका लागि विविध शैक्षिक अवसरहरू सुनिश्चित गरेको छ।

विश्वविद्यालयले शोध र अनुसन्धानमा ध्यान केन्द्रित गर्दै पीएचडी कार्यक्रमहरू पनि सशक्त बनाइरहेको छ। यस वर्ष एक्जिक्युटिभ पीएचडी कार्यक्रम सुरु गरिएको छ, जुन आफ्नो पेशा जारी राख्दै उन्नत शोध गर्न चाहने कार्यरत वा पेशामा आवद्ध पेशेवरहरूका लागि डिजाइन गरिएको हो । 

विश्वविद्यालयले आफ्नै प्रवेश परीक्षा वा साथै सार्क राष्ट्रहरूमा मान्यता प्राप्त राष्ट्रिय स्तरका परीक्षाहरूको आधारमा विभिन्न कार्यक्रमहरूमा भर्ना गर्नेछ।

यस अन्तर्गत जस्तै, भारतमा सीयूईटी, जेईई मेन्स, क्याट आदिको अंकहरू विचार गरिनेछ। पहुँच बढाउन, अन्य सार्क देशहरूका विद्यार्थीहरूले सुरक्षित अनलाइन परीक्षा दिने विकल्प मार्फत आफ्नै देशबाट सहभागी हुन सक्नेछन्। भारतीय विद्यार्थीहरूका लागि विश्वविद्यालयले देशभर धेरै परीक्षा केन्द्रहरू स्थापना गर्नेछ । साथै, अन्य सार्क राष्ट्रहरूका उम्मेद्वारहरूको भर्ना उनीहरूको योग्यता परीक्षाहरूको योग्यताको आधारमा गरिनेछ।

विश्वविद्यालयले भर्चुअल क्याम्पस मार्फत अनलाइन डिग्री र प्रमाणपत्र तहका कार्यक्रमहरू प्रदान गर्दछ। यो डिजिटल शिक्षाप्रतिको प्रतिबद्धताको एक प्रमुख माइलस्टोनको सुरुवात पनि हो । यी कार्यक्रमहरूले क्याम्पस-आधारित कार्यक्रमहरूले गहन शिक्षा, उत्कृष्ट पाठ्यक्रम र शिक्षकहरूको विशेषज्ञता कायम राख्दै गुणस्तरीय शिक्षा व्यापक क्षेत्रहरूसम्म पुग्न सुनिश्चित गर्दछ। विश्वविद्यालयले भर्चुअल क्याम्पसमा प्रदान गरिने कार्यक्रमहरूमा बिबिए (ओनर्स), बिसीए (ओनर्स), इन्टिग्रेटेड बिबिए-एमबिए, बिएस र एमएस (डाटा साइन्स एण्ड एआई), एमसीए, एमबिए साथै गायन संगीत, फेसन डिजाइन र कम्युनिकेशन डिजाइन आदि पाठ्यक्रमहरू समावेश छन्।

साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) प्रतिभाको एक मिलनस्थल हो । जहाँ दक्षिण एशिया क्षेत्रभरिका शीर्ष विद्वानहरू र शोधकर्ताहरू समावेश भई विश्वस्तरीय शिक्षकहरूले भविष्यका नेतृत्वकर्ताहरु उत्पादन गर्ने काम गर्छन्। सार्क क्षेत्रका सबै राष्ट्रहरूका विद्यार्थीहरू एकसाथ आउँदा यो विश्वविद्यालयको सांस्कृतिक विविधतामा अभिबृद्धी आउँछ र फस्टाउँछ । यसले दृष्टिकोण, परम्परा र विचारहरूको अद्वितीय  मिश्रण सिर्जना गर्दै गतिशील शिक्षण वातावरण निर्माण गर्दछ जहाँबाट नवीनता र वैश्विक ज्ञान प्राप्त हुन्छ । यसले साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) लाई शैक्षिक उत्कृष्टताको वास्तविक अन्तर्राष्ट्रिय केन्द्र बनाउँछ।
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro