site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी हुन् रवीन्द्र र धवलशमशेरसहित पक्राउ परेका ४१ जना

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा आपराधिक गतिविधि गरेको आरोपमा ४१ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ । पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जना छन् । पहिलोपटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीनवटा कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

अदालतले  मिश्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिइ नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा तोडफोड तथा आगजनी जस्ता अराजक क्रियाकलाप गरिएको प्रहरीको भनाइ छ । 

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्नका लागि प्रहरीमाथि ढुंगामुढा गरेको, आफैँले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गर्नुका साथै आम सर्वसाधारणहरूको सुरक्षार्थ सडकमा ड्युटीमा सुरक्षाकर्मीलाई समेत ढुंगा, लाठी, फलामका रड प्रहार गरेको, तोडफोड तथा आगजनी गरिएको थियो ।

सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरूलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरूको घर, निजी सम्पत्ति, सञ्चार गृहहरूको भवन, विभिन्न राजनैतिक दलहरूको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ इन्धन भण्डारण रहेको स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा समेत तोडफोड र आगजनी गरेको आरोप उनीहरूमाथि छ ।

त्यस्तै, आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरूमा क्षति पुर्‍याइ, लुटपाट तथा आपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरूमा समेत आगजनी गरी आतंकित पारेको र पूर्वयोजना अनुसार संगठित तवरले आपराधिक घटना घटाएको भन्दै प्रहरीले अनुसन्धान गर्न अनुमति माग गरेको छ ।

 

487241699_966347115682288_4577393770071294715_n-1743347753.jpg

487963045_966347172348949_6967964465520047103_n-1743347754.jpg

487167489_966347189015614_6637108494318726476_n-1743347752.jpg

487201131_966347109015622_6983899883291679485_n-1743347752.jpg

 

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro