site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारले दुर्गा प्रसाईंलाई २१ घण्टामा पनि पक्राउ गर्न सकेन 
फाइल तस्बिर ।

काठमाडौं । राजावादी आन्दोनलका कमान्डर दुर्गा प्रसाईंलाई सरकारले अझै पक्राउ गर्न सकेको छैन । २१ घण्टा बिते पनि प्रसाईंलाई सरकारले पक्राउ गर्न सकेको छैन । 

मोबाइल स्वीचअफ गरेर फरार भएका प्रसाईंको अन्तिम लोकेसन पत्ता लगाए पनि प्रहरीले उनलाई दिउँसो १ बजेसम्म पक्राउ गर्न नसकेको बताएको छ । 

प्रहरीका अनुसार उनको अन्तिम लोकेसन ललितपुरको भैंसेपाटी देखिएको छ ।     

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीका अनुसार प्रसाईं हिजो साँझसम्म धर्मगुरु पुस्कर खतिवडाको घरमा थिए । त्यहाँबाट निस्किएका उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको छ । गृहमन्त्री रमेश लेखकले पनि प्रसाईं छिट्टै पक्राउ पर्ने बताएका छन् ।

राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर जबरा तथा स्वागत नेपाल भने पक्राउ परिसकेका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा उपस्थित भएर हिंसात्मक आन्दोलन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । 

राजसंस्था पुनःस्थापना संघर्ष समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro