-1743151484.jpg)
काठमाडौं । राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको तथा प्रहरीसहित ११० जना घाइते भएका छन् । प्रहरी परिसर काठमाडौंले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै कीर्तिपुर नगरपालिका–४ गाक्छा बस्ने २९ वर्षीय सविन महर्जन र सुरेश रजकको मृत्यु भएको जनाएको छ । घटनामा ७५ सुरक्षाकर्मी र ३५ प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।
नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिए पनि निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका पार्टी कार्यालय, व्यापारिक केन्द्र, सवारीसाधनमाथि हिंसात्मक तोडफोड, आगजनीका घटना घटाएको जनाएको छ ।
सो क्रममा ९ सरकारी सहित १५ सवारीसाधनमा क्षति भएको छ । त्यस्तै, १४ स्थानमा आगजनी तथा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।