राजनीति

काठमाडौं । राष्ट्रियसभामा सरकारले प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलहरूले बैठक नै बहिष्कार गर्ने रणनीति बनाएका छन् ।
राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजेका लागि आह्वान गरिएको छ । बैठकबाट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ ।
“जबरजस्ती बैठक अघि बढाएर विधेयक पारित गर्न खोजे, हामी बैठक बहिष्कार गर्छौं र बाहिर निस्कन्छौँ,” प्रतिपक्ष दलका एक सांसदले भने ।
पाँचवटा प्रतिस्थापन विधेयक अहिले राष्ट्रियसभामा छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्