खेल

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
बिहीबार रूपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई चार विकेटले पराजित गरेको हो । पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेककुमार यादवले सर्वाधिक ४१ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा १४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रनको योगदान दिए ।
अब शनिबार हुने फाइनलमा पनि यी दुई टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ २१:३६
प्रतिक्रिया दिनुहोस्