बाह्रखरी फोटो

काठमाडौं । विश्व वातावरण दिवस बिहीबार (जेठ २२) नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यसपालि ‘प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ विश्वका धेरै देशमा यो दिवस मनाइँदै छ ।
यसै अवसरमा ललितपुरमा र्याली निकालियो । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, प्रहरी र्यालीमा सहभागी थिए । उनीहरूले ‘वातावरण हरियाली बनाऔँ’, ‘हरियो वन नेपालको धन’, ‘बानी बदलौँ, फोहोर व्यवस्थापनमा सहभागी बनौँ’, ‘आ–आफ्नो वरिपरिको वातावरण सफा राखौँ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ ०९:४७
प्रतिक्रिया दिनुहोस्