site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीहरू राष्ट्रसेवकभन्दा सरकार र पार्टीको 'नोकर' हुने खतरा बढ्यो : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरू राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा अपमानजनक रूपले निष्कासन गरेर सरकारले गलत नजिर स्थापित गरेको जिकिर गरे ।

"पहिलो कुरा त सरकारले जे निर्णय गर्यो त्यो गलत गर्‍यो । कति मानिसहरूले सरकारले आफ्नो कर्मचारीलाई निकाल्न पनि सक्छ, राख्न पनि सक्छ यो सामान्य प्रक्रिया हो भनेर व्याख्या गरिरहेका छन् । तर, एउटा कुशल प्रशासकको रूपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतित गर्न बाँकी थियो । उसलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा जुन अपमान जनक ढंगले निष्कासन गरियो," उनले भने ।

उनले उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामी दिनमा समेत सरकारले स्वार्थअनुकूल कर्मचारीहरू हटाउने र राख्ने कार्य गर्ने उनको भनाइ छ । कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गरे ।

"त्यसले एउटा नजिर खडा हुने खतरा भयो कि सरकारले चाह्यो भने कर्मचारीहरूलाई जुनसुकै बेला निकाल्न सक्छ । यसले कर्मचारी राष्ट्रसेवकभन्दा पनि कहिलेकाही राजनीतिक स्वार्थको लागि सरकार र पार्टीको नोकरमा परिणत हुने खतरा भयो । र अरुले पनि यसलाई नजिर बनाएर पहिले पनि यसरी निकालिएको थियो निकाल्न पाइन्छ भन्ने बाटोतर्फ देश गयो भने कर्मचारी संयन्त्र कर्मचारी प्रशासन त्यसै त कमजोर भएको छ त्यो ध्वस्त हुनसक्छ," उनले भने । 

अध्यक्ष लिङदेनले प्रतिपक्षी दलहरूले सदनमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान कायमै रहेको बताए । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुको सट्टा संसद् बाहिर प्रतिपक्षी दलहरूलाई अपमानित गर्ने गरी दिएको जवाफ खेदजनक रहेको समेत बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro