राजनीति

काठमाडौं । नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले हस्तक्षेप र दमनका बाबजुद आन्दोलन उत्साहजनक रूपमा सम्पन्न भएको दाबी गरेको छ ।
संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै पहिलो चरणको एक हप्ता लामो आन्दोलनमा सहभागीलाई धन्यवाद दिएका छन् ।
पहिलो चरणको आन्दोलनको समीक्षा गर्न र दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्न समितिले बुधबार बैठक बोलाएको छ ।
बैठक नवदुर्गा पार्टी प्यालेस, सुकेधारामा दिनको २ बजे बस्ने सुवेदीले जानकारी दिए । उक्त बैठकमा समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह, अभियानका प्रतिनिधि सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२ २१:०९
प्रतिक्रिया दिनुहोस्