खेल

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले कोसी प्रदेशलाई पराजित गरेको छ ।
बुधबार रूपन्देहीको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कोसी प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । यससँगै एपीएफले तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफका लागि लोकेश बमले सर्वाधिक ८४ रन बनाए । कप्तान रोहित पौडेलले ६१ रन बनाए ।
त्यसअघि पहिले व्याटिङ गरेको कोसीले ५० ओभर खेल्दै २५४ रन बनाएको थियो । कोसीका लागि शाकिव हकले सर्वाधिक ६८ रन बनाएका थिए ।
नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पीएम कपको फाइनल खेल्ने पक्का भएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१ १७:२०
प्रतिक्रिया दिनुहोस्