site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधिसभाको बैठक सर्‍यो

काठमाडौं । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको थियो ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेले एक सूचनामार्फत बैठक ३ बजे बस्ने तय भएको जानकारी गराएका छन् ।

बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको माग थियो ।

सत्तापक्षले ऊर्जामन्त्री दीपक खड्काले जवाफ दिने प्रस्ताव राखेको छ । तर, विपक्षी दलहरूले प्रधानमन्त्रीकै जवाफ चाहिने अडान राखेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro