site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा पनि विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ, बैठक स्थगित  

काठमाडौं । राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।

बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामीलाई समय दिए ।

उनले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने विपक्षी दलको बैठकको निर्णय सुनाएका थिए । त्यसपछि अध्यक्षले बैठक १५ मिनेटका लागि स्थगित गरे ।

बुधबार नै प्रतिनिधिसभामा पनि विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro