site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हितेन्द्रदेव शाक्य भन्छन्– लोडसेडिङ हुँदैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यले पदभार सम्हालेका छन् । शाक्यले प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।

कुलमान घिसिङलाई बर्खास्त गर्दै सरकारले उनलाई दोस्रोपटकका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सरकारको पत्र प्राप्त भएपछि उनले मंगलबार प्राधिकरण केन्द्रीय कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन्  ।

कार्यकारी निर्देशक शाक्यलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । आफूले अगाडि गर्न खोजेका कामहरू अब पूरा गर्ने उनले बताए । कार्यभार सम्हाल्दै उनले प्राधिकरणको नेतृत्वको लागि ठूलो चुनौती भएको र यो चुनौती पूरा गर्न आफू तयार रहेको बताए । टिमको रूपमा व्यक्तिलाई भन्दा पनि संस्थालाई महत्त्व दिँदै अगाडि बढ्ने उनको भनाइ छ ।

लोडसेडिङको विषयमा पत्रकारले सोधेको प्रश्नमा लोडसेडिङ नहुने बताए । अब लोडसेडिङभन्दा पनि पर्याप्त बिजुली उपलब्ध हुने उनले जनाए ।

डेडिकेटेड तथा ट्रंकलाइन विवाद कसरी समाधान गर्ने भन्ने पत्रकारको प्रश्नमा अर्धन्यायिक निकायबाट त्यसको समाधान आइसकेको र कार्यान्वयन गर्न मात्र बाँकी रहेको बताए ।

आफू प्राविधिक भएको र त्यसलाई प्राविधिक रूपमा समाधान निकाल्ने उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro