
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले कुलमान हटाएकोमा समितिको धारणा के हो भन्दै प्रश्न गरे ।
"कुलमान हटाएकोमा हाम्रो धारणा चाहियो, राम्रो मान्छे निकाली छाड्नु भयो । हाम्रो भए पुग्ने । अब बाँकी रहेको बक्यौता हो, कसरी उठाउँछ ?," उनले प्रश्न गरे ।
उनले बाँकी बक्यौताको छलफल गरी निर्णय गर्नुपर्ने बताए । "मेरो माग छ, आज नै तोकियोस् बक्यौताको छलफल कहिले गर्ने त्यो निर्णय गर्नुपर्यो । आजै पनि विविधमा गर्न सक्छौँ," उनले भने ।
त्यस्तै, बैठकमा रास्वपा सांसद हरि ढकालले कुलमानमाथिको डण्डा सरकारकाे कायरताभित्रको दम्भ रहेको बताए ।
"बक्यौताका विषयमा समितिमा पटक पटक उठ्दा पनि निर्णय हुन सकेन। मुद्दा उठाएर कर्मकाण्डी बैठक गरेर हुँदैन," उनले भने ।