site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुलमानको समर्थनमा माइतीघरमा प्रदर्शन (भिडियो)

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा मंगलबार (चैत १२) माइतीघरमा प्रदर्शन गरिएको छ । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो ।

घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घिसिङको पक्षमा नारा लगाएका थिए । घिसिङ समर्थकले ‘भ्रष्ट सरकार चाहिँदैन, लोडसेडिङ गर्न पाइँदैन,’ ‘ऊर्जामन्त्री राजीनामा देऊ’लगायत नारा लगाएका थिए ।

माइतीघरबाट उनीहरू र्‍यालीसहित नयाँ बानेश्वरतर्फ लागेका थिए ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro