site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक खेलअगावै न्युजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको ट्वान्टी–२० श्रृंखला

काठमाडौं । पाकिस्तानविरुद्धको ट्वान्टी–२० श्रृंखला न्युजिल्यान्डले जितेको छ । आइतबार न्युजिल्यान्डले घरेलु मैदानमा सम्पन्न खेलमा पाकिस्तानलाई १५५ रनले हराउँदै श्रृंखला सुनिश्चित गरेको हो ।

खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याउने क्रममा १६.२ ओभरमा पाकिस्तानले सम्पूर्ण विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका खुशदिल अब्दुलले सर्वाधिक ४४ रन बनाए । इरफान खानले २४ रन बनाए । यसबाहेक पाकिस्तानका अरु ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ न्युजिल्यान्डका जाकोब डफीले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चे । जाकारी फाल्कशले तीन विकेट लिए । विल ओ राउर्के, जेम्स निशाम र ईश सोधीले एक एक विकेट लिए ।

त्यसअघि टर हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रनको योगफल बनाएको थियो । न्युजिल्यान्डका फिन एलेनले सर्वाधिक ५० रन बनाए । उनले २० रनमा ६ चौका र चार छक्का प्रहार गरे । कप्तान माइकल ब्रासवालले ४६ बनाए । टिम साइफर्ट ४४ रन जोडे । डार्यल मिचेलले २९ रन र मार्क च्याम्पमानले २४ रन बनाए ।

पाकिस्तानका ह्यारिस रौफले २७ रन खर्चेर तीन विकेट लिए । अब्रार अहमदले दुई विकेट लिँदा अब्बास अप्रिलडीले एक विकेट लिए ।

यो जितसँगै पाँच खेलको ट्वान्टी–२० श्रृंखला न्युजिल्यान्डले अन्तिम खेलअगावै जितेको छ । यी दुई टिमबीचको अन्तिम ट्वान्टी–२० खेल बुधबार हुने तालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro