site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिलोपटक खलनायकको भूमिकामा मुकुन !

काठमाडौं । चलचित्र ‘कर्मा’मा एक्सन भूमिकामा विपीन कार्की देखिँदा खलनायकका रूपमा मुकुन भुसाल देखिँदैछन् । 

विपीन पहिलोपटक एक्सन भूमिकामा देखिँदा मुकुन पनि पहिलोपटक लखनायकका रूपमा देखिन लागेका छन् ।    

एक्सन भूमिकामा पहिलोपटक विपीनले नयाँ अनुभव गर्दा मुकुनले पनि ‘एन्टागोनिष्ट’को पहिलोपटक अनुभव गर्न लागेका हुन् । 

मुकुनले ‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले अहिले आइरहेका चलचित्रभन्दा फरक रहेको मुकुनले बताएका छन् । 

चैत २९ नजिकिँदै जाँदा निर्माणपक्षले सिनेमाको प्रचारलाई तीव्र बनाएको छ ।  

‘कर्मा’मा उपासना विपीन कार्कीको अनस्क्रिन जोडीका रूपमा छिन् । विपीन, उपासना र मुकुनसँगै दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

सौरभ चौधरीले निर्देशन गरेका चलचित्रको कथा पनि उनी स्वयंको छ । ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउन्ड स्कोर छ । ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro