site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एन्ड्रोइड प्रयोगकर्ताका लागि ह्वाट्सएपमा नयाँ फिचर आउँदै

वासिङ्टन । मेसेन्जिङ एप ‘ह्वाट्सएप’ले ‘मोसन फोटो’ सेयरको अनुमति दिने नयाँ सुविधा विकास गरिरहेको छ ।

मोसन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नुअघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्छ । परम्परागत तस्बिरभन्दा फरक, मोसन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ ।

ह्वाट्सएपले मोसन फोटोहरूका लागि एपको मिडिया–सेयरिङ क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ । ह्वाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोसन फोटोहरूका लागि नयाँ बटन देखापर्नेछ । जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्छ ।

मोसन फोटो सुविधा सामान्यतया सामसुङ ग्यालेक्सीसहित विभिन्न स्मार्टफोनहरूमा उपलब्ध छ ।

यो सुविधा हाल आईफोनमा उपलब्ध छ । एन्ड्रोइडका लागि ह्वाट्सएपमा मोसन फोटो–सेयरिङ सुविधा अझै विकासको क्रममा छ । रासस/सीएन

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro