site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयले १४ अस्पतालमा १८ वटा सेवा सुविधा थप्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनामा ‘स्वास्थ्य सेवा विस्तार’लाई अभियानको रूपमा थालनी गरिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयले चैत महिनाभर प्रतिष्ठान र संघीय अस्पतालहरूमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा तथा सुविधा थप गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनले नसर्ने रोगहरूको पहिचानका लागि मन्त्रालयले सुरु गरेको एकमहिने अभियान सम्पन्न भइसकेको जानकारी दिए । वीर आपतालमा चैत दोस्रो सातादेखि काठमाडौं महानगरपालिकाको सहयोगमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच सेवा गरिने जानकारी समेत दिए ।

उनले भने, "चैत महिनामा स्वास्थ्य सेवा विस्तार अभियानको रूपमा थालनी गरिएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिष्ठान तथा संघीय अस्पतालहरूमा सेवा विस्तार योजनाअन्तर्गत १४ वटा अस्पतालमा १८ वटा विभिन्न सेवा सुविधा थप गरिने जानकारी गराउँछु । अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरूले पनि आफ्नो आफनो स्वास्थ्य संस्थामा समेत सेवा विस्तार गरि जानकारी गराउनुपर्नेछ । पक्षघातमा प्रयोग हुने औषधि महंगो हुने भएकोले आर्थिक अभावमा उपचार पाउन कठिनाइ खेप्दै आएका नागरिकका लागि सहज रूपमा उपचार दिलाउन पहल थाल्नु भएको थियो । त्यसैको लागि भन्दै एक वर्षलाई पुग्ने औषधि प्राप्त भएको छ ।"

पक्षघातको औषधि एक वर्षसम्मको लागि प्राप्त भएको मन्त्रालयको दाबी छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro