site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा ओलीको जवाफ– नेपालकाे नक्साको चुच्चो हराउँदा कसको सरकार थियो सबैलाई थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री ओलीलाई चुच्चे नक्सामा समेटिएका भूभागको भ्रमण गर्न सुझाव दिएका थिए ।

“नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुराको भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,” उनले सोधेका थिए ।

जवाफमा ओलीले सन् १९६२ मा नेपालको चुच्चे नक्साको चुच्चो हराएको बताए । उनले तत्कालीन सरकारबारे सबैलाई जानकारी रहेको पनि बताए ।

“हामी सबैलाई थाहा छ, सन् १९६२ सम्म हाल नेपालको नक्सा जुन हामीले बनाएको छौँ, हाम्रो संसद्ले संविधानको अंग बनाएको छ । त्यो नै यथार्थ छ,” प्रधानमन्त्रीले भने, “सन् १९६२ सम्म यो भूभाग नेपालकै अधिनमा थियो । र, नेपालको नक्सा पनि तदनुरुप नै थियो । त्यसपछि नेपालको नक्सा किन फेरियो,  कसले फेर्‍यो, कसको सरकार थियो, कस्तो व्यवस्था थियो माननीयज्यूलाई याद होला भन्ने विश्वास गर्छु ।”

उनले विसं ०७७ सालको असार ४ मा संविधानको दोस्रो संशोधनमार्फत सर्वसम्मतरूपमा संविधानको अंग बनाइएको बताए ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro