site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यूएसएड नरोक्न एलन मस्कलाई न्यायालयको आदेश

वासिङ्टन । एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज)’द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन् ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लंघन हुन सक्ने बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्वकर्मचारी र ठेकेदारले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिएका हुन् ।

उनीहरूले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन् । 

चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको यूएसएडलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लंघन गरेको बताएका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने यूएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताएका थिए । 

अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानुनी झट्का हो । अर्का एक न्यायाधीशले हालै मस्कको डोजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षणकालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिएका थिए । 

चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा हालका यूएसएड कर्मचारी र ठेकेदारलाई पुनर्स्थापित गर्न आदेश दिएका छन् । 

ट्रम्पले गत जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यूएसएडअन्तर्गतका सबै अमेरिकी विदेशी सहायता रोक्का गर्न माग गरेका थिए । रासस/एएफपी

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro