site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा ‘पार्टी हैन, कम्पनी हो’ भन्ने जिल्ला सभापतिलाई सोधियो स्पष्टीकरण 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश समितिले सो पार्टीका सुनसरी जिल्ला समितिका सभापति जीवनकुमार श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । 

गत आइतबार कोशी प्रदेशको आधिकारिक ह्वाट्सएम ग्रुपमा एक प्रदेश समिति सदस्यले ४ गतेको बैठक ८ गते सरेको विषयमा जिज्ञासा राख्दा श्रेष्ठले ‘यहाँ जे पनि हुन सक्छ यो कम्पनी हो, पार्टी हैन’ भन्ने जवाफ दिएका थिए । 

देशकै चौथो ठूलो राष्ट्रिय पार्टीलाई कम्पनी भन्नु पार्टी विधान २०७४ (तेस्रो संशोधन)को धारा २८ को ३ को (छ) को ४ बमोजिम पार्टी, मुलुक र जनताको हितविपरीत रहेको भन्दै कोशी प्रदेश समितिकी कार्यवाहक सभापति गोमा तामाङ (शरिन)ले श्रेष्ठलाई स्पष्टीकरण सोधेकी हुन् । 

‘पार्टीको नीति, उद्देश्य र कार्यक्रम विपरीत पार्टी सदस्यलाई नैरश्य बढाउने गतिविधिमा लाग्नुभएकाले यहाँलाई पार्टीले जिल्ला सभापति नरहने गरी कारबाही किन नगर्ने ? २४ घण्टाभित्रमा लिखित स्पष्टीकरण पेस गर्न हुन अनुरोध छ,’ पत्रमा भनिएको छ । 

समय सीमाभित्र स्पष्टीकरण प्राप्त नभएमा श्रेष्ठ पार्टी गतिविधिविपरीत लागेको स्वीकारेको ठानी पार्टी विधानबमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

उक्त पत्रको बोधार्थ केन्द्रीय अनुशासन आयोग काठमाडौं, केन्द्रीय संगठन विभाग काठमाडौं र प्रदेश समिति, कोशीलाई दिइएको छ । 

rsp-koshi-1742315022.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro