site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपत्यकाकेन्द्रित थप आन्दोलनको घोषणा गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टीले उठाएका माग पूरा गर्न दबाब दिनका लागि भन्दै उपत्यका केन्द्रित थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

पार्टीको आन्दोलन परिचालन मूल समितिको बैठक चैत्र १२ गते बस्ने र थप उपत्यका केन्द्रित आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने उनले बताए ।

बैठकले समान विचार राख्ने सबै शक्तिहरूलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ भने वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको निष्कर्ष बैठकले निकालेको अध्यक्ष लिङ्देनले बताए । उनले राजसंस्थाको पक्षमा राप्रपाको अबको आन्दोलन निर्णायक हुने दाबी गरे ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro