site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपीनको रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँदिल्लीमा भेटवार्ता गरेकी छन् । भारतको विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरूबीच मंगलबार साइडलाइन भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा. राणाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिन् । विपीनको रिहाइका लागि पहल गरिदिन यसअघि पनि आफूले अमेरिकी सरकारलाई आग्रह गरेको स्मरण गराउँदै उनले विपीनको रिहाइका लागि नेपालले अमेरिकी सहयोगको अपेक्षा गरेको जानकारी दिइन् ।

इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी विपीनलाई सन् २०२३ को अक्टोबरमा हमासले इजरायली भूमिबाट अपहरण गरेर लगेका थिए । उनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । विश्वका नेता एवं आफ्ना समकक्षीहरूसँगको भेटमा मन्त्री डा. राणाले विपीन रिहाइका लागि सहयोगको याचना गर्दै आएकी छन् ।

सो भेटवार्ताका क्रममा वरिष्ठ सुरक्षा निर्देशक रिकीले अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro