site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । मंगलबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुदको ट्रफी समेत सार्वजनिक गरिएको थियो । लोगो र मस्कट सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । उनले खेलकुद मन्त्रालय र राखेपबीच विवाद नहुनेगरी काम गर्न समेत निर्देशन दिए । विविध कारणले १०औँ राष्ट्रिय खेलकुद मिति सरे पनि अब तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ ।

मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको जानकारी दिए ।

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लोसमय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro