site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बईको प्लेअफ सम्भावना कायमै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई चार विकेटले हराएको छ ।

बिहीबार मुम्बईको वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६२ रन बनाएको थियो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनायो । 

मुम्बईको जितमा विल ज्याक्सले ३६ रनको योगदान गरे । रायन रिकेल्टनले ३१, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान २६ रन बनाए ।

हैदरावादको प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । इसान मालिंगाले दुई र हर्षल पटेलले एक विकेट लिए ।

त्यसअघि, पहिलो इनिङ्समा हैदराबादका अभिषेक शर्माले ४० रन बनाएका थिए । हेनरिक क्लासनले ३७, ट्रभिस हेडले २८, नीतीशकुमार रेड्डीले १९ र अनिकेत वर्माले अविजित १८ रन जोडे ।

मुम्बईका विल ज्याक्सले दुई विकेट लिए । ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।

तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायम छ । सात खेलबाट ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ । चार अंकको हैदरावादको पनि झिनो सम्भावना कायम छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro