site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीएन क्याम्पसको स्ववियु निर्वाचन भोलि

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार)मात्र हुने भएको छ ।

मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।

तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।

अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । "मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध गर्दछौँ," निर्वाचन समितिले भनेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro