राजनीति

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्न माग गर्दै अनेरास्ववियुले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले सोमबार मूल गेटमा ताला लगाउँदै स्ववियु चुनाव रोक्न माग गरेका छन् ।
स्ववियु निर्वाचन चैत ५ गते (भोलि) हुँदैछ । निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरकफरक डिजिटल कार्डहरू प्रशासनबाटै जारी भएको भन्दै ताला लगाएका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ २३:५४
प्रतिक्रिया दिनुहोस्