site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ववियु निर्वाचन : उपत्यकाका आंगिक क्याम्पसमा कहाँ कसले जिते ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ ।

काठमाडौं उपत्यकामा रहेका आंगिक क्याम्पसमध्ये नेपाल कमर्स क्याम्पस (एनसीसी) र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उमेदवार विजयी भएका छन् । एनसीसीमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । 

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उमेदवार विजयी भएका छन् । थापाथलीमा प्रह्लाद खड्का र महाराजगन्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार, जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन् । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उमेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आंगिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  ०९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro