site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
असारसम्म एक लाख भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असारसम्म एक लाख भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्व आएपछि पहिलोपटक चितवनबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु भएको छ ।

आइतबार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा बसोबास गर्ने २५३ भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई मन्त्री अधिकारीले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेका हुन् ।

लालपुर्जा वितरण कार्यक्रम सुरु गर्दै मन्त्री अधिकारीले यही सरकारमार्फत भूमि क्षेत्रका समस्याहरूको दिगो समाधान खोजिने बताए । उनले मध्य नेपालको चितवनबाट सुरु भएको लालपुर्जा वितरण पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म भूमि समस्या समाधान नभएसम्म निरन्तर चल्ने बताए ।  

सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्क लगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी दिए । सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको र विधेयकमार्फत लगेर भएपछि भूमिहीनलाई लालपुर्जा दिने काम अघि बढाउने मन्त्री अधिकारीको भनाइ छ ।

सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro