site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सगरमाथा संवादमा ३५० भन्दा बढी राष्ट्र प्रमुखलाई बोलाइने

काठमाडौं । ‘सगरमाथा संवाद’मा विश्वका ३५० भन्दा बढी राष्ट्र प्रमुखलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आइतबार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो ।

आगामी वर्ष २०८२ को जेठ २–४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम हुँदै छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सरकारले निम्तो पठाइएकामध्ये १५० भन्दा बढी देशका राष्ट्र प्रमुख सहभागी हुने अपेक्षा गरेको बताए । निम्तो दिन विदेशस्थित नेपाली दूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका दूतावासलाई प्रयोग गरिएको बताए ।

नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमालको मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई अघि बढाएको बताए । जलवायु परिर्वतनबाट भएको हानि तथा नोक्सानीबारे आवाज उठाइरहेको बताए ।

उनले वातावरण विनासको क्षयीकरण नेपालले भोगिरहेको र यसबाट बच्नका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आवाज उठाइरहेकाले सगरमाथा संवादलाई प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro