काठमाडौं । चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ट्रेलरमा अधिकांश पात्रहरूलाई प्रस्तुत गरिएको छ ।
ट्रेलर चलचित्रको शीर्षक वरपर घुमेको छ । डोरीलाई शक्ति रहेको अवस्थामा सबैले खोजिरहेको र यही क्रममा आइपर्ने घटनाक्रमहरू ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा केही थ्रिल तथा हरर दृश्य पनि समेटिएका छन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् । प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहालगायतको प्रमुख भूमिका छ ।
चैत १५ गते रिलिज हुने चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।