site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता

काठमाडौं । नेपालको चर्चितमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटीआर)को पाँचौँ संस्करणमा अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट १०० माइल दौड अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्ड समय लगाएर सबैभन्दा चाँडै पार गरे । 

नेपालकै मिलन कुलुङ राईले दौड पूरा गर्न २८ः१५ः२५.३ सेकेन्ड समय लगाएर दोस्रो भए । शेर थारु २८ः४७ः०६.२ सेकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र  शेरले २० हजार रुपैयाँ पुरस्कार पाए । 

१०० किमि दौडमा विशाल राई १३ः२९ः०४ सेकेन्ड समय लगाएर च्याम्पियन बने । उक्त इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ र निरोज भट्टले १४ः१२ः३५ सेकेन्डमा दौड पूरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे ।

१०० किमि दौड महिलातर्फ नेपालकै रसिला तामाङ पहिलो भइन् । रसिलाले १७ः५८ः०५ सेकेन्डमा दौड सकाइन् । छोकी शेर्पाले १८ः१५ः०५ सेकेन्ड समय लगाएर दोस्रो भइन् । फ्लेर मोउतज्वले २०ः४३ः०५ सेकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।

१०० किमि दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

५० किमि पुरुष दौडमा मानकुमार रोक्कामगर (०६ः४२ः२५ सेकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सेकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सेकेन्ड) तेस्रो भए ।

५० किमि महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दूरी ०७ः४६ः०५ सेकेन्डमा पूरा गरिन् । कल्पनाले ०८ः१६ः०६ सेकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सेकेन्ड समय लगाए ।

यो स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

३० किमि दौडमा राजन मेयोङबा ३ः४३ः०३ सेकेन्ड समय लगाएर विजेता बने । युवकराज बुढा (४ः०३ः२२ सेकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सेकेन्ड) तेस्रो भए ।

३० किमि महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सेकेन्ड समयमा दौड पूरा गरी च्याम्पियन बनिन् । कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारित दूरी ०८ः२४ः०६ सेकेन्डमा पूरा गरिन् । रीन्छेले ०८ः५३ः०० सेकेन्ड समय लगाइन् ।

यो स्पर्धामा पहिलोदेखि तेस्रो हुने क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कारको हकदार बने । 

१० किमि पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सेकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सेकेन्डसहित तेस्रो भए । 

अमेरिकी लिमले १० किमि महिला इभेन्ट जित्न ५२ मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन् । बेल्जियमकी जारा भान रेन्टरगे (एक घण्टा १६ मिनेट एक सेकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (एक घण्टा १८ मिनेट ४० सेकेन्ड) तेस्रो भए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro