site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मोही हक माग्दै ४१ दिनदेखि स्वर्गद्वारी गुठीपीडितको धर्ना (तस्बिरहरू)

काठमाडौं । स्वामित्वको अधिकार माग गर्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान ४१ दिनदेखि माइतीघरमा निरन्तर आन्दोलन र धर्नामा छन् ।

धर्ना सुरु भएको लामो समय बितिसक्दा पनि सरकारले माग बेवास्ता गरेको भन्दै उनीहरू थप पीडित भएका छन् । यसबीचमा सरकारसँग दुईपटक वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेन ।

दाङको देउखुरीबाट आएका गुठीपीडित किसानले आफ्नो जायज माग राख्दै आन्दोलन जारी राखेका छन् । उनीहरूले सरकार आफूहरूप्रति उदासीन रहेको आरोप लगाएका छन् ।

Argakhachi Cement Island Ad

गत वर्ष फागुन ७ सम्म करिब एक महिनासम्म दाङमा आन्दोलन भएपछि तत्कालीन सरकारले दुईबुँदे सम्झौता गरेको थियो । तर, हालसम्म त्यसको कार्यान्वयन नभएपछि उनीहरू संघीय राजधानी काठमाडौं आउन बाध्य भएको गुठीपीडित दाङ, लमही नगरपालिका–७, उच्चानिम्बुका विष्णुप्रसाद चौधरीले बताए ।

सम्झौता कार्यान्वयन गराउन सम्बन्धित सरकारी निकायहरूमा धाउँदा पनि सुनवाई नभएपछि आफूहरू काठमाडौं आउनुपरेको स्वर्गद्वारी गुठी पीडित मोही संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।

"यति लामो समयसम्म पनि सरकारले बेवास्ता गर्नु आम नागरिकका लागि दुःखद सन्देश हो," अध्यक्ष चौधरीले भने ।

उनका अनुसार दशकौँदेखि जोतभोग गर्दै आएको जमिनको स्वामित्व नपाउनु किसानका लागि ठूलो अन्याय हो । "जबसम्म भोगचलन गर्दै आएको जमिनको लालपुर्जा प्राप्त हुँदैन, तबसम्म हाम्रो आन्दोलन र धर्ना जारी रहनेछ," उनले थपे ।

गुठीपीडित किसानहरू विभिन्न मागसहित प्लेकार्ड र कृषि औजार लिएर माइतीघरको सडकमा आन्दोलनमा सहभागी भइरहेका छन् ।

guthi-pidit-(1)-1741947985.jpg

guthi-pidit-(6)-1741947984.jpg

guthi-pidit-(7)-1741947984.jpg

guthi-pidit-(4)-1741947982.jpg

guthi-pidit-(2)-1741947981.jpg

guthi-pidit-(3)-1741947981.jpg

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्