site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकल्प राजनीतिमा होइन कर्मचारीतन्त्रमा आवश्यक : जनार्दन शर्मा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बुधबार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको उल्लेख गरे । कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे । उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अंगहरू पुरानै रहेकाले उनीहरूको वुद्धि–विवेकले काम नगरेको आरोप लगाए ।

उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे । अबको विकल्प राजनीतिमा नभइ कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro