site stats
बाह्रखरी :: Baahrakhari
देश
‘राइड सेयरिङ’को मनमरी :  अफलाइन बसेर तेब्बर मूल्य बार्गेनिङ !

काठमाडौं । सार्वजनिक यातायात ठप्प भएका बेला ‘राइड सेयरिङ’ चालकले मनपरी भाडा असुल्न थालेका छन् । उनीहरूले यात्रीले बुकिङ गर्न खोज्दा बढी मूल्य राख्ने तथा अफलाइन बार्गेनिङ गरिरहेका छन् ।

नेपालमा चर्चित इन्ड्राइभमा सुरुवाती मूल्य नै तेब्बरसम्मले बढाइएको छ । त्यसमा पनि राइडरले एक्सेप्ट गरिरहेका छैनन् । पठाओमा चालक नै नभेटिने समस्या छ । म्यापमा चालक देखिने तर कसैले एक्सेप्ट नगर्दा यात्री मर्कामा परेका छन् ।

Argakhachi Cement Island Ad

उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले गुनासो आएपछि कारबाहीका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

“पठाओ, इन्ड्राइभमा अफलाइन बार्गेनिङ, बढी भाडा असुली गरेको भन्दै गुनासो आइरहेको छ । तर, सवारी नम्बरसहितको गुनासो आएको छैन । कारबाहीका लागि ट्राफिक टोली परिचालन गरिएको छ । टोलीले त्यस्तो गरेको थाहा पाए नियमअनुसार पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउँछ,” उनले भने ।

राइडरहरूले अफलाइन बार्गेनिङ तथा बढी पैसा असुल्न थालेपछि यात्रीलाई सास्ती भइरहेको छ । उनीहरू हिँडेरै गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

गण्डकी सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिनेगरी ल्याएको कानुनको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्