site stats
बाह्रखरी :: Baahrakhari
देश
यातायात व्यवसायी र सरकारबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन बनेको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको पहिलो चरणको वार्ताले कुनै पनि निष्कर्ष निकाल्न नसकेको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।

“गृहमन्त्रीज्यूसमक्ष हाम्रा माग राख्यौँ । संघीय सरकारसँग बाझिने कानुन खारेज गर्नुस् भन्यौँ । उहाँले प्रदेशसँग छलफल गर्नुपर्छ भनेपछि हामीले आन्दोलन नरोक्ने अडान लिएर निस्कियौँ । पहिलो चरणको वार्ता निष्कर्षविहीन सकियो । हाम्रो आन्दोलन जारी छ,” उनले भने । 

Argakhachi Cement Island Ad

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई वैधानिकता दिने कानुन ल्याएपछि सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिले देशभर यातायात बन्दको घोषणा गरेको छ । 

गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसको प्रत्यक्ष मारमा यात्रु परेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्