site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रजातन्त्र सेनानी तुलसीप्रसाद रेग्मीको निधन

काठमाडौं । प्र जातन्त्र से नानी तुलसीप्रसाद रेग्मीको निधन भएको छ । उनको १०१ वर्षको उमेरमा मंगलबार उदयपुरको गाईघाटस्थित निवासमा निधन भएको हो ।   उनी केही समययता अस्वस्थ थिए । 

खोटाङको   दिप्रुङ चुइचुम्मा गाउँपालिका– ४ निवासी  रे ग्मी पछिल्लो सम य उदयपुरको त्रियुगा नगरपालिकामा रहँदै आएका थिए ।  

रेग्मी विसं १९८२ साल साउन १५ गते जन्मिएका हुन् । प्रजा तन्त्र प्राप्तिका भएका विभिन्न संघर्षमा सहभागी भएका रेग्मी सञ्चार क्षेत्रमा पनि सक्रिय थिए । उन ले २०३० देखि २०३६ सम्म राष्ट्रिय समाचार समिति (रासस)को खोटाङ प्रतिनिधि भएर काम गरेका थिए   तर, विसं २०३६ सालमा जनमत संग्रहको घोषणापछि उनी बहुदलको प्रचारमा लागे । त्यही कारण देखाएर उनलाई रासस प्रतिनिधिबाट हटाइएको थियो ।

०३६ सालमा पहिलोपटक नेपाली कांग्रेस खोटाङको जिल्ला  समिति गठन गरिँदा उनलाई जिल्ला सदस्यमा मनोनीत गरिएको थियो । रेग्मीले ०४९ सालमा जिल्ला विकास समिति खोटाङको जननिर्वाचित जिल्ला सदस्य भएर पनि काम गरे ।

रेग्मीले ०७२ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट  'प्रजातान्त्रिक सेनानी' को सम्मान पाएका थिए । उनले रामप्रसाद राई फाउन्डेसनबाट प्रजातान्त्रिक सेनानीको सम्मानपत्र पाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro