site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रिलिजको अघिल्लो दिन पनि ‘आउट ल : दफा २१९’ सेन्सर पास भएन, ५० लाखको सिन हटेको हो ?

काठमाडौं । सिनेमा ‘आउट ल : दफा २१९’ पनि चलचित्र केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)मा अड्किएको छ । बोर्डले बुँदागत रूपमा हटाउनुपर्ने सिन माइनुट गरेर निर्माणपक्षलाई दिएको छ । 

अब उक्त सिन हटाएपछि मात्रै यो चलचित्रको जाँचपास हुनेछ । बिहीबार रिलिज हुने चलचित्र आजसम्म पनि सेन्सरबाट पास भएको छैन । आज सेन्सर पास नभए यो चलचित्र रिलिज हुने छैन । 

सिनेमा हलहरूले पनि शो बाँडफाँट गरेर अग्रिम टिकट बिक्री सुरु गरिसकेका छन् । 

एक्सन सिनेमा ‘आउट ल : दफा २१९’मा एउटा सिन ५० लाख रुपैयाँको रहेको भन्दै निर्माणपक्षले प्रचार गरेको थियो । उक्त सिनमा सेन्सरले आपत्ति जनाएपछि सेन्सर पास हुन ढिलो भएको भन्ने प्रचार भइरहेको छ । 

“त्यो सिनमा सेन्सरको आपत्ति छैन । त्यो सिन पूरै काटिएको भन्ने कुरा पनि सत्य होइन,” सेन्सर बोर्डका एक सदस्यले बाह्रखरीसँग भने, “त्यो सिनभित्रको केही सटमा कमेन्ट हुनसक्छ । तर, त्यो सिन नै हटाउन हामीले भनेका छैनौँ ।” 

‘आउट ल : दफा २१९’मा अभिनेता सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । सुशीलको यो पाँच वर्षपछि आउने लागेको चलचित्र हो । 

विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा सुशीलसँगै नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनलगायतको पनि अभिनय छ । 

अमित अग्रहरिको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा विनोद कडायत र सशांक खड्का तथा विकास चौधरी सह–निर्माता हुन् । 

नवीन गुरुङको डीओपी रहेको चलचित्रमा ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।

यसैबीच, चैत १ गतेबाट प्रदर्शनमा आउने ‘राजागंज’ पनि सेन्सरमा रोकिएको छ । चलचित्रमा ‘कुहिएको आँप’ भन्ने शब्द प्रयोग भएपछि सेन्सरले आपत्ति जनाउँदै दुईपटकसम्म रोकेको छ । 

बुधबार दोस्रोपटक सेन्सरका लागि निर्माता र निर्देशक सेन्सर गराउन गए पनि सेन्सरले सच्याउन आग्रह गरेका सिन यथावत रहेको पाइएपछि सेन्सर पासको सर्टिफिकेट दिन नसकिएको सेन्सर बोर्डका एक सदस्यले जानकारी दिए । 

‘कुहिएको आँप’ भन्ने शब्द हटाउन सेन्सरले सुझाएपछि निर्माणपक्षले चलचित्रको मर्म नै मर्ने भन्दै नहटाउने अडान लिएको थियो । तर, सेन्सरले राख्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन भनेको स्रोतको भनाइ छ । 

दीपक रौनियारले निर्देशन गरेको चलचित्रले मधेस आन्दोलनको समय अपरहणमा परेको दुई बच्चा छुटाउन प्रहरीले गरेको प्रयासलाई मुख्य कथा बनाएको छ । 

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘राजागंज’ विश्वका ठूला फिल्म फेस्टिभलमा पुगेर नेपालमा प्रदर्शन हुन लागेको चलचित्र हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro