site stats
बाह्रखरी :: Baahrakhari
कला
दाङमा अभिनय कार्यशाला

काठमाडौं । दाङमा अभिनय कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजनामा असार ६ देखि १० गतेसम्म दाङमा अभिनय कार्याशाला हुने भएको हो । 
 
स्थानीयस्तरमा अभिनय क्षेत्रमा रुचि भएका कलाकारहरूको सीप तथा दक्षता अभिवृद्धि गर्ने र नयाँ कलाकार उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको संयोजक केएल बुढाथोकीले जानकारी दिए । 

अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिने कार्यशालामा अभिनय समबन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिने संयोजक बुढाथोकीले बताए । 

Argakhachi Cement Island Ad

कार्याशालाको समापनमा सहभागीहरुद्वारा तयार गरिएको नाटक मञ्चन गरिनेछ । कार्याशालाका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई लघु चलचित्रमा अभिनयको अवसर प्रादान गरिने बताइएको छ । 

सबै उमेर समूहका इच्छुक व्यक्तिहरुलाई कार्यशालामा सहभागी गराइने भएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १४:०४
प्रतिक्रिया दिनुहोस्