site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सौर्य पीभी र ऊर्जा भण्डारणमा दिगोपन संवाद

काठमाडौं । ह्वावे डिजिटल पावर नेपालले दिगो हरित ऊर्जा समाधान केन्द्रित कार्यक्रम सौर्य पीभी र ऊर्जा भण्डारण संवादको आयोजना गरेको छ । काठमाडौंको हात्तीसारस्थित ह्वावे प्रदर्शनी केन्द्रमा आयोजित यस विशेष कार्यक्रमले नेपालको ऊर्जा, व्यावसायिक र औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रभावशाली सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएको छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई)सँगको संयुक्त सहकार्यमा आयोजना गरिएको कार्यक्रमले नेपालको ऊर्जा परिदृश्यलाई रूपान्तरण गर्न, देशलाई ग्रिनर र दिगो भविष्यतर्फ डोऱ्याउन सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा स्टोरेज समाधानहरूको सम्भावना अन्वेषण गर्न विशेष प्लेटफर्म प्रदान गरेको बताइएको छ । कार्यक्रमलाई नेपालको औद्योगिक ऊर्जा क्षेत्रको विकासप्रति प्रतिबद्धता देशको दिगो भविष्यमा संक्रमणको लागि महत्त्वपूर्ण मानिएको छ ।

कार्यक्रममा ह्वावेले आफ्नो नवीनतम् आविष्कारहरू, ह्वावे फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन, जसमा १ सी/१५० के र २१५/१०८ केडब्लूएच सी एण्ड आई ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीइएसएस) पनि अनावरण गरेको थियो ।

नेपाली उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रमा दिगो ऊर्जा संक्रमणको आवश्यकता रहेको बताए । नेपालको औद्योगिक क्षेत्रको भविष्य कुशल मात्र नभई दिगो हुने ऊर्जा समाधानहरू अपनाउने कुरामा निर्भर गर्ने उनको भनाइ छ ।

उनले नेपाली उद्योगहरूलाई डिकार्बोनाइज गर्नु केवल वातावरणीय जिम्मेवारी मात्र नभई दीर्घकालीन विश्वव्यापी प्रतिस्पर्धात्मकता र दिगोपन सुनिश्चित गर्नको लागि एक महत्त्वपूर्ण रणनीति भएकोमा जोड दिए ।

सौर्य ऊर्जा र ऊर्जा भण्डारणको एकीकरणले नेपाली व्यवसायहरूको लागि अझ लचिलो र लागत(कुशल भविष्यको लागि मार्ग प्रशस्त गर्ने ह्वावे नेपाल डिजिटल पावर विभागका निर्देशक जेम्स झाङले बताए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र राज पाण्डेले कार्यक्रमले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा एउटा महत्त्वपूर्ण कदम चालेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro