site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेस्पा स्कुटरको गैँडाकोटमा नयाँ सोरुम

काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्पले गैँडाकोटमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । फागुन २६ गते (सोमबार)देखि नवलपुरको गैँडाकोट–५ स्थित जनक क्याम्पस गेट अगाडि रुबी ब्रदर्स मल्टिपर्पोजमार्फत भेस्पा र अप्रिलियाको नयाँ सोरुम सञ्चालनमा ल्याइएको हो ।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्तरूपमा नयाँ सोरुमको उद्घाटन गरेका हुन् ।

गैँडाकोट क्षेत्रमा बढ्दै गएको भेस्पा र अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गरेर नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ ।

गैँडाकोटको जनक क्याम्पस गेटमा अवस्थित रुबी ब्रदर्स मल्टिपर्पोजको भेस्पा र अप्रिलिया स्कुटरको डिलरबाट ग्राहकले विश्वस्तरीय स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टसका साथै एक्सचेन्ज तथा फाइनान्सिङको सुविधा समेत प्राप्त गर्नेछन् ।

सोरुम उद्घाटनको अवसरमा फागुन र चैत महिनाभरि गैँडाकोट सोरुममा ओपनिङ अफर सञ्चालन गरिएको छ । अफरअन्तर्गत ग्राहकले भेस्पा र अप्रिलिया स्कुटर बुक तथा खरिदमा १० हजार रुपैयाँ क्यास डिस्काउन्ट प्राप्त गर्नेछन् ।

साथै, एक्सचेन्ज गर्ने ग्राहकले आफ्नो पुरानो 'टू ह्विलर'को उत्कृष्ट एक्सचेन्ज भ्यालूसँगै थप १० हजार अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् । साथै, हरेक स्कुटरको खरिदमा ६ हजार बराबरको स्मार्टवाच भेस्पा तथा अप्रिलियाको ब्रान्डेड हेल्मेट तथा किरिङ प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro