site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अनरले मोबाइल वर्ल्ड कंग्रेसमा जित्यो ५० भन्दा बढी पुरस्कार

काठमाडौं । स्मार्टफोन एवं इलेक्ट्रोनिक्स उत्पादक कम्पनी अनरले मोबाइल वर्ल्ड कंग्रेस (डब्ल्यूएमसी–२०२५) मा आफ्नो महत्त्वाकांक्षी अनर अल्फा प्लान सार्वजनिक गरेको छ ।

यो नयाँ कर्पोरेट रणनीतिले अनरलाई स्मार्टफोन निर्मातामात्र नभई विश्वव्यापी एआई डिभाइस इकोसिस्टम कम्पनीका रूपमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

अनरका सीईओ जेम्स लीले कम्पनीले एआईक्रान्तिलाई आत्मसात् गर्ने बताएका छन् । यसअनुसार कम्पनीले १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी योजना घोषणा गरेको छ ।

कम्पनीले अनर म्याजिक सिरिजमा सात वर्षसम्म एन्ड्रोइड र सुरक्षा अपडेट दिने बताएको छ ।

उपभोक्ताका लागि विभिन्न किसिमका उपकरण उत्पादन गरिरहेको अनरले वर्ल्ड मोबाइल कंग्रेसमा ५० भन्दा बढी मिडिया अवार्ड जितेको छ । यसको अनर वाच ५ अल्ट्राले उत्कृष्ठ स्मार्टवाचको उपाधि पाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro