site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानडाको नयाँ प्रधानमन्त्री हुन लागेका मार्क कार्नी को हुन् ?

काठमाडौं । मार्क कार्नी क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । जस्टिन ट्रुडो पछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री हुनेछन् । 

उनले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् ।

तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सजिलै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट अर्को आम चुनाव लड्नेछन् ।

जस्टिन ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । दबाबका कारण उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए । 

प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, “हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ ।” 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउने निर्णय यथावत रहने बताएका छन् । बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro