site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, आज ‘गुराँस चलचित्र संवाद’

कर्णाली । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा आइतबारबाट सुरु महोत्सव फागुन २६ गतेसम्म चल्नेछ । 

महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले गरेका छन् । विशेष अतिथिका रूपमा पूर्वमुख्यमन्त्री जीवन बहादुर शाही थिए । 

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णालीलाई चलचित्र पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक चलचित्रको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता भएको छ । 

महोत्सवअन्तर्गत आज गुराँस गाउँपालिकामा ‘गुराँस चलचित्र संवाद’ कार्यक्रम हुँदै छ । संवादमा कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ ।

महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकनस्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro