site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारी दिवसमा लक्ष्मी ई–मोबिलिटीको ‘ड्राइभ फर कज’

काठमाडौं । नेपालका लागि केई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले ‘ड्राइभ फर कज’को आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको समाजमा सकारात्मक प्रभाव पार्न र दिगोपनलाई समर्थन गर्न ड्राइभको आयोजना गरेको कम्पनीले बताएको छ ।

ड्राइभमा सहभागीले सेरेब्रल पाल्सी भएका बालबालिकाका लागि स्टेसनरी, खेलौना र अन्य वस्तु डोनेट गर्ने बताइएको छ । ड्राइभ कार्यक्रम धापाखेलस्थित सेरेब्रल पाल्सी स्कुलमा बालबालिकासँग अन्तर्क्रिया गरेर सकिने लक्ष्मी ई–मोबिलिटीले जनाएको छ ।

सहभागीहरूलाई पुनः प्रयोगजन्य पुस्तक, खेलौना वा राम्रोसँग प्रयोग भएको ह्वीलचेयर पनि ल्याउन कम्पनीले आग्रह गरेको छ ।

ड्राइभमा सहभागी हुन फागुन २४ गते शनिबार थापाथलीस्थित हुन्डाई सोरुममा उपस्थित हुन कम्पनीले आग्रह गरेको छ । कम्पनीले प्रोत्साहनका लागि महिलाको सहभागीलाई प्राथमिकता दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro