-1746369043.jpg)
काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले संयुक्त रूपमा केई एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएका छन् ।
काठमाडौंको थापाथलीस्थित केई सोरुम तथा पारिपट्टी रहेको हुन्डाईको सोरुममा आगामी वैशाख २६ देखि २८ गतेसम्म उक्त कार्निभल हुने भएको छ ।
सो कार्निभलमा पुराना गाडीसँग ईक्युट टू, ईक्युट फोर र एक्स–३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ साट्न सकिने छ । ग्राहकले पुराना कुनै पनि ब्रान्डका गाडीको तत्कालै भ्यालुएसनका साथै बेस्ट रिसेल भ्याल्यु पाउने छन् । हरेक एक्सचेन्जमा आकर्षक नगद छुटका साथै प्रत्येक भ्यालुएसनबापत जोडीका लागि क्यूएफएक्समा चलचित्रको टिकट समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी कार एक्सचेन्ज तथा खरिद गर्ने ग्राहकले बिमा, सडक दस्तुर छुटका साथै एक्सचेन्ज बोनस लगायतका फाइदा लिन सक्नेछन् ।
प्रत्येक बुकिङबापत ईक्युट गाडी बुकिङ गर्ने ग्राहकले बोस जेट कार वासर र एक्स३ प्रो बुकिङ गर्ने ग्राहकले बोस वासिङ मेसिन उपहार पाउने छन् । सबै उमेर समूहका व्यक्तिहरूका लागि इभेन्ट मनोरञ्जनात्मक बनाउन पारिवारिक मनोरञ्जन, गेम र म्युजिकको व्यवस्था समेत गरिएको कम्पनीको भनाइ छ ।