
काठमाडौं । सरकारले नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रका नियम सुधार गर्न ल्याएको अध्यादेश पारित भएकोमा नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास–आईटी)ले स्वागत गरेको छ ।
यो निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुने नास–आईटीले जनाएको छ ।
अध्यादेशले आईटी तथा डिजिटल सेवा कम्पनीहरूलाई व्यवसाय सञ्चालन गर्न सजिलो बनाउनेछ, लगानी भित्र्याउन सहज बनाउने संघको विश्वास छ ।
नेपाललाई प्रविधि तथा नवाचारको केन्द्रको रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने नास–आईटीको भनाइ छ।
यो सफलता सरकारका पदाधिकारीहरू, नीति निर्माताहरू, उद्योगका अग्रणीहरू र प्रविधि क्षेत्रका अगुवाहरूबीचको निरन्तर संवाद, सहकार्य, र लक्ष्यप्रति साझा प्रतिबद्धताको परिणामस्वरूप सम्भव भएको नास–आईटीले जनाएको छ ।