site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनसँगको युद्धविरामबारे रूसले के भन्यो ?

नयाँदिल्ली । ब्रसेल्समा चलिरहेको युरोपेली संघका नेताहरूको सम्मेलनका बीच रूसले युक्रेनसँगको अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ ।

"कुनै पनि समाधानका लागि दृढ सम्झौता चाहिन्छ," रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भनिन्, "यो बिना, कुनै पनि प्रकारको राहत हामीलाई अस्वीकार्य छ ।"

यसअघि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युरोपेली संघका देशका सेना युक्रेन पुगेमा त्यसलाई रूसविरुद्ध प्रत्यक्ष युद्ध मानिने बताएका थिए ।

रूसी समाचार एजेन्सी 'टास'का अनुसार लाभरोभले रूसमा युरोपेली युनियन शान्ति सेनाको उपस्थितिलाई नाटोको उपस्थितिको रूपमा हेरिने बताए ।

उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको विश्वयुद्धको धम्कीलाई रूसविरुद्धको चेतावनी मानिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  २३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro