site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बृहत् नागरिक आन्दोलनले भन्यो– स्वर्गद्वारी गुठीका किसानको माग पूरा गर 

काठमाडौं । गत ०८१ माघ २० देखि माइतीघरमा धर्नामा रहेका स्वर्गद्वारी गुठीका मोही किसानको माग सम्बोधन गर्न बृहत् नागरिक आन्दोलनले सरकारसँग माग गरेको छ । शान्तिपूर्ण धर्नामा एक महिनादेखि बसेका किसानमाथि राज्यले ज्यादती गरेको भन्दै आन्दोलनले विज्ञप्ति निकालेर विरोध जनाएको छ । 

किसानसँग मोहीयानी पुर्जा भए पनि ०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेश जारी गरी खारेज गरिएको र यसले किसानमाथि घोर अन्याय भएको बृहत् नागरिक आन्दोलनको ठहर छ । 

किसानको मागप्रति पूर्ण समर्थन रहेको जनाउँदै किसानको मागको यथाशक्य सुनुवाइ गर्न र किसानलाई सहज रूपमा घर फर्कने वातावरण बनाइदिन नेपाल सरकार र सम्बन्धित सरोकारवालासमक्ष आन्दोलनले अपिल गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro